काठमाडौं, ३ फागुन । निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आन्दोलनरत महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ।
मंगलबार आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको हो। सहमतीपत्रमा गृहमन्त्रालयका तर्फबाट गृहसचिव जितेन्द्र बस्नेत र आन्दोलनरत पक्षका तर्फबाट रुवी खानले हस्ताक्षर गरेका छन्।
उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको जनाइएको छ।