काठमाडौं, ३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्काल जरिवना तिर्न नपर्ने भएको छ। सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा मेयर शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश दिएको हो।
स्थानीय तहको निर्वाचनमा समयमै खर्च बिवरण नबुझाएको भन्दै निर्वाचन आयोगले मेयर शाहलाई जरिवाना तिराउने निर्णय गरेको थियो। आयोगको सो निर्णयप्रति असन्तृष्ट हुँदै मेयर शाहले सर्वोच्चमा रिट दिएका थिए।