काठमाडौं, ३ फागुन । जनता समाजवादी पार्टी(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते बस्ने भएको छ।
बैठकमा पार्टीसँग भइरहेको एकता प्रयास, विधान अधिवेशनको तयारी र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।
पार्टीले मंसिर ४ को निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने पनि बैठकको एजेण्डा रहेको जसपाले बताएको छ।