Logo

शिक्षामा व्यापारीकरण बढ्यो– पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडौं, ५ फागुन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बढ्दो शिक्षाको व्यापारीकरणका कारण गरिबका छोराछोरीले पढ्न गाह्रो भएको बताएकी छन् । सरकारले अहिले शिक्षा, स्वास्थ्यको क्षेत्रमा व्यापार गरिरहेको उनको आरोप छ । आर्य घाटमा पुर्‍याएको लाशमासमेत व्यापरीकरण भएको र जलाउनका लागि चन्दा संकल्न गर्ने बेला आएको उनले बताइन । व्यापारीकरणको बढ्दो प्रभावले समाज कता जाँदैछ भन्ने चिन्ताको विषय बनेको उनले बताइन् ।

‘शिक्षा व्यापार, स्वास्थ्य व्यापार । हरेक कुरामा व्यापार । मैले कतिपय बाबुआमा धरधरी रोएको देखेको छु । बाबुआमालाई छोराछोरी पढाउने रहर छ तर हैसियत छैन । सरकारले दिने सहुलियत र स्करलसीप कसले पाउँछ ? पहिले–पहिले गरिबका छोराछारीले पढ्न पाउँथे । गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो । अब अहिले पैसा नभइ केही पनि हुँदैन । आर्यघाटमा जल्न त महंगो भइसक्यो,’ उनले भनिन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्