Logo

सट्टेबाजीमा संलग्न भएको आशंकामा एक जना पक्राउ



काठमाडौं, ५ फागुन । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पक्राउ परेको व्यक्तिको परिचय भने गोप्य राखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्