Logo

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका छन् । दीक्षान्त समारोहमा पुगेका प्रचण्डले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिलाई मुख्य लक्ष्य बनाएको बताए । आफू नेतृत्वको सरकार जनताको अवस्था बढल्न र समृद्धिको यात्रालाई तीब्रता दिन प्रतिवद्ध रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपाधि प्राप्त गर्ने सबै दीक्षितहरुलाई बधाई तथा निरन्तर सफलताको शुभकामना दिए । साथै, वर्तमान सरकार स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयनका लागि प्रतिवद्ध रहेको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्