Logo

कहाँ पुग्यो नेकपा (एस) र जसपाबीचको पार्टी एकता ?



काठमाडौं, ५ माघ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच पार्टी एकताको प्रयास भएपनि परिणाम आएको छैन । चुनाव लगत्तै पार्टीका समानता र भिन्नताबारेमा अध्ययनका लागि दुवै दलले कार्यदल बनाएका छन् । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीबीचको समानता र भिन्नताका बारेमा कार्यदल बनाएर अध्ययन भइरहेको रिपोर्टर्स नेपाल डट कमलाई जानकारी दिए । पार्टीहरुबीचको सैद्धान्तिक र वैचारिक समानता र भिन्नताको बारेमा छलफल नै भइनसकेको अवस्थामा एकताको लागि समय लाग्ने उनले बताए ।

‘पार्टी एकताका लागि जसपाको तर्फबाट गोविन्द चौधरी र एकीकृत समाजवादीको तर्फबाट डा. विजय पौडेललाई दुवै पार्टीका समानता र असमानता के–के हुन् ? भनेर अध्ययनका लागि समिति बनेको छ । त्यसले दुई पार्टीबीचका केही समानता र असमानता छुट्याएको छ । त्यो विषयमा पार्टीभित्र थप छलफल भएपछि थप अगाडि बढ्छौं । तत्कालै पार्टी एकता हुनसक्ने सम्भावना छैन । वैचारिक र सैदान्तिक विषयका भिन्नता र समानताको निक्र्यौल भइसकेको अवस्था छैन । पार्टी एकताको प्रक्रियाले समय लिन्छ,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्