Logo

चितवन–२ उपनिर्वाचनः निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान



काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि १६ गतेसम्म दल दर्ता गरिसक्न आयोगले आह्वान गरेको हो ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४ बमोजिम राजनीतिक दललाई आयोगले काठमाडौंस्थित् कार्यालयमा दल दर्ताका लागि भनेको हो ।

संविधानको धारा २७१ मा राजनीतिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने व्यवस्था रहेको छ । ‘निर्वाचको प्रयोजनका लागि निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्न चाहने धारा २६९ बमोजिम दर्ता भएका प्रत्येक राजनीतिक दलले संघीय कानूनबमोजिम कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दर्ता गराउन पर्नेछ,’ संविधानको धारा २७१ (१) मा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि चितवन–२ मा पुनः निर्वाचन हुन लागेको हो । हाल निर्वाचन आयोगमा एक सय १६ दल दर्ता छन् । गत निर्वाचनमा निर्वाचन प्रयोजनका लागि ८७ दलले दर्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्