काठमाडौं, ६ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीको भोलि(आइतबार) कैद मिनाहा हुने भएको छ।
उनको कैद मिनाहाका लागि मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा फाइल पठाएको छ।
राष्ट्रपति कार्यालयले फागुनमा ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनीलगायत अन्य कैदीहरुको कैद माफी मिनाहा गर्ने गर्दैछ।
राष्ट्रपतिबाट कैद मिनाहभए सांसद चौधरी सांसदको जिम्मेवारीमा फर्कने छन्।
ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।