Logo

कांग्रेस नेता भण्डारीको यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था



काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको मुम्बईमा रहेका माधव न्यौपानेले बताएका छन् ।

उनको दुवै खुट्टाको अप्रेसन हिजो (शुक्रबार) भएको थियो । हातको जलेको भागले काम गर्न थालेकाले अहिले अप्रेसन गर्न नपर्ने बताइएको छ । अब कृतिम अक्सिजनको मात्र घटाउँदै गएर सोमबारबाट भेन्टिलेटर हटाइने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्