काठमाडौं, ७ फागुन । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चितवन-२ मा दल दर्ताका लागि आह्वान गरिएको छ।
निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिनका लागि फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।
यसअघि चितवन-२ बाट निर्वाचित रबि लामिछानेको सांसद् पद सर्वोच्चले खारेज गरिदिएपछि उपनिर्वाचन हुँदैछ।