Logo

सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी



काठमाडौं, ८ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको प्रदेश सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन नहुने बताएका हुन् ।

साथै, आफूले चाँडैनै विश्वासको मत लिने र विश्वासको मत पाउनेमा ढुंक्क रहेको उनले बताए । मुख्यमन्त्री शाहले सबै दलसँग वार्ता, संवाद, छलफल सकारात्मक ढङ्गले अघि बढिरहेको बताए । उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सृजनामा सरकार केन्द्रीत रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्