Logo

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको विदाई (फोटोफिचर)



काठमाडौं, ८ फागुन । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुको विदाई गरिएको छ । पाँच हजारभन्दा बढी साधुसन्तहरु यस पटकको महाशिवरात्रि मेलामा आएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

साधुसन्तहरुलाई उनीहरुको वरिष्ठताका आधारमा पाँच सयदेखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदाई गरिएको उनले बताए । नेपाल, भारत लगायतका विभिन्न ठाउँबाट आएका साधुसन्तलाई महाशिवरात्रि मेला सकिएपछि विदाई गर्ने परम्परा रही आएको छ ।

 

 

Photo By Mukunda Kalikote/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्