काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ।
नेपालले ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको छ। उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन्।
नेपाल ताजा अवस्थामा १ विकेट गुमाउँदै १.५ ओभरमा १ रनमा खेलिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।