काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेलिरहेको नेपाललाई सातौ झट्का लागेको छ।
नेपालले सोमपाल कामीलाई गुमाएको छ। उनी ७ बलमा २ रन जोड्दै आउट भएका हुन्।
यसअघि नेपालले पहिलो विकेटकारुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन् भने दोस्रो विकेटकारुपमा अर्का ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख २३ बलमा १२ रन जोड्दै आउट भएका हुन्।
तेस्रो विकेटकारुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। मल्ल ३० बलमा २१ रन जोड्दै आउट भएका हुन्। यस्तै, चौथो विकेटकारुपमा कुशल मल्ललाई गुमाएको छ। उनी २८ बलमा १७ रन जोड्दै आउट भएका हुन्।
नेपालले सन्दीप जोरालाई पाँचौ विकेटकारुपमा गुमाएको छ। उनी ८ बलमा १ रन जोड्दै आउट हुँदा छैटौं विकेटकारुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ। उनी १६ बलमा ७ रन जोड्दै आउट भएका हुन्।
नेपाल ताजा अवस्थामा २६.४ ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमा खेलिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।