काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेलिरहेको नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
पौडेलले ५९ बल खेल्दै २ छक्का ४ चौका प्रहार गर्दै ५४ रन जोडेका छन्।
नेपाल ताजा अवस्थामा ३१.१ ओभरमा ७ विकेट गुमाउँदै १३३ रनमा खेलिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।