काठमाडौं ,१० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने कांग्रेस पार्टीको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेर जानुपर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले सिंहदरबार बालुवाटारबाट बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने कांग्रेस पार्टीको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेर जानुपर्ने बताएका हुन्।
उनले नेपाली कांग्रेस पार्टीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति नै हुनुपर्छ भनेर औपचारिकरुपमा नभनेको पनि बताएका छन्।
राष्ट्रपति पदमा कांग्रेसको उम्मेद्वारी रहने बताउँदै महामन्त्री शर्माले भने, ‘जनताको बीचमा जाँदै गर्दाखेरी नै जे वचनबद्धता राखिएको थियो हामी सँगसँगै जान्छौँ भनेर, त्यो जनमतको कदर हुन्छ। संसद्मा तेस्रो दलले देशको प्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छ। दोस्रो दलले संसदको सभामुखको जिम्मेवारी लिइरहेको छ भने पहिलो दलले देशको राष्ट्रपति लिने कुरा त्यो बढी स्वभाविक देखिन्छ। प्रधानमन्त्रीले सिंहदरबार, बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गरेर जानुपर्छ।’