काठमाडौं, १० फागुन । नेपाल टी-२० क्रिकेटको स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ।
महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई बुधबारको थुनछेक बहसपछि धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।