Logo

राष्ट्रपति निर्वाचनः मतदाताविरुद्ध आज उजुरी दिन सकिने



काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत् आज मतदाता नामावलीमा नाम समावेश भएकाहरु विरुद्ध उजुरी दिन सकिने छ ।
निर्वाचन आयोगले हिजो मतदाता नामावली सार्वजनिक गरेको थियो ।

आयोगका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यसैगरी, १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता तोकिएको छ । आगामी फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्