काठमाडौं, ११ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आज (बिहिबार) बालकोटमा आयोजित ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचनका क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएको टिप्पणी गरेका हुन् । अहिलेको सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो,’–ओलीले भने ।
उनले प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै शान्तिप्रिय देश नेपालमा हिंसाको धङधङी अझै बाँकी रहेको दाबी गरे । साथै, जनयुद्ध दिवसमा दिइएको विदाले हिंसालाई अझै प्रोत्साहन गरेको उनको दाबी छ ।
https://www.facebook.com/ReportersNepal/videos/609521254288383