Logo

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं, ११ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता अघि सचिवालय बैठक डाकिएको पुष्टि गरे । बैठकको एजेण्डा राष्ट्रपति निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रम रहेको बताइएको छ ।

राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय यही फागुन १३ गते तोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन भन्दा बाहिर गएर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गर्दा सत्ता गठबन्धन नै धर्मराएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्