Logo

युएईका लागि नेपाली टिमको घोषणा, सन्दीप परेनन्



काठमाडौं, ११ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले युएई भ्रमणका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।

क्यानले सन्दीप लामिछाने बिना नै नेपाली टोलीको घोषणा गरेको हो।

आईसीसी विश्वकप क्रिकेट लिग-टू को नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेलाई क्यानले युएई लग्न पहल गरेपनि अदालतको आदेशका कारण टोलीमा समावेश गर्न नसकेको क्यानले जनाएको छ।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम ढकाल परेका छन्।

file photo



प्रतिक्रिया दिनुहोस्