Logo

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने



काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पाद समितिको बैठक बस्ने भएको छ । राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने र सहभागी हुँदै गर्दा कसलाई सहयोग गर्ने भन्ने छलफलका लागि बैठक बस्न लागेको हो ।

बैठक आज (शुक्रबार) दिउँसो १ बजेको लागि बोलाइएको छ । राष्ट्रपति निर्वाचन पार्टीको चासोको विषय नभएकाले तटस्थ बस्नुपर्ने केही नेताहरुको भनाई छ । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि (फागुन १३२ गते) मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्