Logo

पुरानो सत्ता गठबन्धन ब्युँतिने निश्चित छ– भीम रावल



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का नेता डा.भीम रावलले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन ब्युँतिने दाबी गरेका छन् । आज (शुक्रबार) सुर्खेतमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रावलले अहिलेको सरकारको आयु धेरै लामो समय नभएको बताएका हुन् ।

‘अहिलेको गठबन्धन कुनै नीति निर्देशकबाट नभएको हुँदा धेरैबेर नटिक्ने निश्चित नभएको हुँदा पुरानै गठबन्धन ब्युँतिने निश्चित छ,’ उनले भने । साथै, राष्ट्रपति निर्वाचनको विषयलाई लिएर राजदूतहरुले सकृयता बढाउनुले नेपालमा विदेशीहरुको हस्तक्षेप रहेको पुष्टि गरेको उनले बताए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्