Logo

माओवादी नेताको दाबी : अबको राष्ट्रपति रामचन्द्र पौडेल



काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अबको राष्ट्रपति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको राष्ट्रपतिमा पौडेलका नाममा सहमति भएको बताएका हुन्।

राष्ट्रपतिको बारेमा पौडेलको नाममा सहमती भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उपमहासचिव शर्माले भने, ‘पक्कै पनि त्यही हो।’



प्रतिक्रिया दिनुहोस्