काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ।
यसअघि प्रकाशन गरेको नामावलीमा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ।
मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ट्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो। उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो। उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र संघीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ।