Logo

दिलिपका हत्याराहरुलाई २५ /२५ वर्ष र मतियारलाई साढे १२ वर्ष कैद



काठमाडौं, १२ फागुन । वातावरण अभियान्ता ओमप्रकाश महतो (दिलीप) को हत्याका दोषीलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आरोपित विपीन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र ५५ लाख क्षतिपूर्ति र जितेन्द्र महतोलाई मतियारको रुपमा संलग्न रहेको भन्दै साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवानाको फैसला गरेको हो ।

धनुषाको श्रीपुरकोऔरही खोला उत्खनन रोक्न गएका दिलीपको २०७६ पुस २२ गते क्रसर व्यवसायीद्वारा फलामको सुइरो रोपी, कुटपिट गरी बेहोश बनाएपछि टिप्परले टाउको कुल्चाएर बीभत्स ढङ्गले हत्या गरिएको थियो । हत्यापछि दिलीपका बाबु रामजनम महतोले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्