काठमाडौं, १२ फागुन । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ दलले चुनावअघिको गठबन्धन ब्युताउने निर्णयगरेसँगै एमाले सरकारबाट बाहिरिने तयारीमा लागेको हो।
बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने र उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमती गरेको थियो।