Logo

रविको निवासमा रामचन्द्र, राष्ट्रपति निर्वाचनका लागि मागे सहयोग



काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र लगायत आठ दलको समर्थनमा उम्मेदवार बन्ने तयारीमा रहेको पौडेलले हात्तिगौंडा पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) ले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेका छन् । पौडेल रास्वपाकोसमेत समर्थन लिएर राष्ट्रपति बन्ने तयारीमा छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्