Logo

झापाबाट हराएकी बालिकाको काठमाडौंबाट उद्धार



काठमाडौं, १३ फागुन । झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौंबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौंको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ ।

स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । ‘बालिकाको सुरक्षित उद्धार गरिएको छ’, सूचना अधिकारी रिजाल भने । चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । File photo



प्रतिक्रिया दिनुहोस्