Logo

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त



काठमाडौं, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका हुन् । सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्