Logo

नेपालको दोस्रो जित, कुवेत २ सयबढी रनले पराजित



काठमाडौं, १३ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित निकालेको छ।

कुवेतसँग आजभएको खेलमा नेपालले पहिले ब्याटिङ् गर्दै ३ सय ४४ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको कुवेतले ३०.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय रन मात्र जोड्न सक्यो।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

photo : CAN



प्रतिक्रिया दिनुहोस्