काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद् बिमलेन्द्र निधीले नेपाली कांग्रेसले करेक्सन गरेर अघि बढेको बताएका छन्।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै नेता निधीले कांग्रेसले करेक्सन गरेर अघि बढेको बताएका हुन्।
उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौं। तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौं। तर अहिले पुनः नेपाली कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौं। यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ।’