काठमाडौं, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश १ को प्रदेश सरकार तत्काल नछाड्ने भएको छ।
संघीय सरकार र बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा प्रदेश-१ को सरकारबाट तत्काल नबाहिरिने भएको हो।
एमालेका ४० सांसद् रहेको प्रदेश १ मा राप्रपाका ६ सांसद् र उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।
अन्य प्रदेश सरकारभन्दा फरक रहेको र पार्टीका उच्च नेतृत्वसँग छलफल गरेपछि मात्रै निर्णय गर्ने संसदीय दलका नेता तथा मन्त्री भक्ती सिटौलाले बताएका छन्।
प्रदेश-१ मा एमालेबाट मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की रहेका छन्।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद् आवश्यक पर्छन।