काठमाडौं, १४ फागुन । सिटिजन्स बैंक र भारतको मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।
गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्। यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका बैंकले जनाएको छ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पाउनेछन्। बैंकले यस्तो किसिमको सुविधा विगत तीन वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ।