काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्।
प्रधानमन्त्री प्रचण्डले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई जेनेभा नजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने कार्यक्रम रहेको थियो।