Logo

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै



काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुने भएको छ । आइतबार भएको सुनुवाइ नसकिएपछि आज पनि पुनः सुनुवाइ हुन लागेको हो । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा उनको मुद्दाको सुनुवाइ भएको थियो ।

नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । उनलाई धरौटीमा रिहा गर्दा उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं छाडेर बाहिर जाँदा अनुमति लिनुपर्ने लगायतका शर्तहरु राखेको थियो । धरौटी रकम बढी भएको, विदेश खेल्न जान पाउनुपर्ने लगायतका माग राख्दै सन्दीप सर्वोच्च पुगेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्