Logo

आईसीसी यू-१९ : नेपाललाई १ सय २१ रनको लक्ष्य



काठमाडौं, १५ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले १ सय २१ रनको लक्ष्य पाएको छ।

हङकङसँग खेलिरहेको नेपालले १ सय २१ रनको लक्ष्य पाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २० रन बनाएको छ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।



प्रतिक्रिया दिनुहोस्