काठमाडौं, १६ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ् रोजेको मलेसियाले ३५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७२ रन जोड्यो।
मलेसियालाई ७२ रनमा समेटनका लागि नेपालका दीपेश कँडेलले ४ विकेट लिँदा आकाश चन्दले ३ विकेट लिए।
यस्तै, मिलन बोहोराले २ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए।