काठमाडौं, १७ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न प्रदेश सचिवालयमा प्रश्ताव दर्ता गराएका छन् ।
प्रदेश सचिवालयले प्रदेशको नामाकरणका लागि प्रस्ताव दर्ता गराउन तोकेको समयमा कांग्रेस र एमालेले उक्त प्रस्ताव दर्ता गराएको हो । उक्त नामको प्रस्तावकमा एमालेबाट रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी छन् ।