Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ।

बैठकमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता, पछिल्ला राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल भइरहेको पार्टी सचिवालयले जनाएको छ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका सचिवालय पदाधिकारीहरु रहेका छन्।



प्रतिक्रिया दिनुहोस्