Logo

राष्ट्रपतिका उम्मेदवार पौडेलको घरदैलो अभियान, भोट माग्दै डिल्लीबजार कारागारमा



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेता पौडेलले आज (बिहीबार) चौधरीसँग भेटवार्ता गरेका हुन् । उनी चौधरी भेट्न डिल्लीबजार कारागारमा पुगेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीसँगको भेटवार्तामा राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । चौधरीले राष्ट्रपतिका उम्मेदवार पौडेलसँग विभिन्न शर्तहरु राखेको बताइएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्