Logo

देशभर अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्दै रास्वपा



काठमाडौं, २० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर निर्वाचन क्षेत्र समिति गठनका लागि अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्ने भएको छ । निर्वाचनमा सहभागी भई पार्टीको निर्वाचन क्षेत्र समितिमा सम्मिलित हुन इच्छुक सदस्यहरूले २०७९ चैत १५ गते भित्र आवेदन पेश आह्वान गरिएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका देशभर निर्वाचन क्षेत्र समिति गठनका लागि अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्न लागेको व्यहोरा सम्पूर्ण पार्टी सदस्यहरूलाई जानकारी गराइन्छ । उक्त निर्वाचनमा सहभागी भई पार्टीको निर्वाचन क्षेत्र समितिमा सम्मिलित हुन इच्छुक सदस्यहरूले मिति २०७९ चैत १५ गते भित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’– रास्वपाले भनेको छ ।



प्रतिक्रिया दिनुहोस्