काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र)ले अहिलेकै अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएको छ।
आज मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर फर्केपछि माओवादी नेताहरुले प्रदेश सरकार संचालनमा भागबण्डा नमिले शाहलाई विश्वासको मत नदिने बताएका छन्।
एक माओवादी नेताका अनुसार सो बारेमा केन्द्रीय तहमा पत्राचार भएको र केन्द्रीय निर्णय आएपछि सुदूरपश्चिममा माओवादीले विश्वासको मतबारे निर्णय लिनेछ।
माओवादीले सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्रीको माग गरिरहेको छ।
यस्तै, आज नै नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले सुदूरपश्चिममा लिखित सहमती बिना विश्वासको मत नदिने जनाएको थिइन्।
सुदूरपश्चिमका मुख्यमन्त्री फागुन २१ गते विश्वासको मत माग्दैगर्दा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले आज समाजिक सञ्जालमा स्टाटस लेख्दै दलीय सहमतीको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन नसकिने बताएकी छिन्।
के-के बारेमा दलीय सहमति गर्नुपर्ने हो यसबारेमा उनले अन्य केही खुलाएकी छैनिन्।