Logo

फेरि बढ्यो सुनको मुल्य



काठमाडौं, २१ फागुन । आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलर रहेको छ।



प्रतिक्रिया दिनुहोस्