Logo

एमाले र एकीकृत समाजवादीबीच एकताको पहल, दुई शीर्ष नेताबीच गम्भीर छलफल



काठमाडौं, २० फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव अगाडि बढाएका छन् ।

पोखरेलले नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालको निवासमा पुगेर पार्टी एकताको प्रस्ताव राखेका छन् । देश आर्थिक, राजनीतिक हिसाबले गम्भीर अवस्थामा पुगेको अवस्थामा वामपन्थी शक्तिहरु एक ठाउँमा आउनुको विकल्प नभएको पोखरेलको भनाई छ । नेता खनालले पनि आफू वाम एकताको पक्षमा सकारात्म रहेको बताएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्