Logo

एमाले उपाध्यक्ष ज्ञवाली भन्छन्– राष्ट्रपति निर्वाचनमा नेम्वाङको जित सुनिश्चित छ (भिडियोसहित)



काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु सहिदको सपना पुरागर्न सदैव तत्पर र तल्लिन रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कायक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले सदैव देश,जनता र सहिदको सपना पुरागर्नेतर्फ सचेत र अग्रसर रहेको बताएका हुन् ।

‘एमालेले देश जनताको पक्षमा, सहिदको बलिदानीको सम्मान गर्दै लड्दै आएको पार्टी हो । लडेको छ । सरकार बनाएको बेलामा पनि हामीले जनताको हितको पक्षमा धेरै महत्वपूर्ण र लोकप्रिय कामहरु गरेका छौं । चाहे मनमोहन अधिकारी सरकारमा भएको बेलामा होस्, चाहे बीचमा अरुकोही प्रधानमन्त्री भएको बेलामा होस् । धेरै नै उल्लेखनीय कार्य हामीले गरेका छौं,’– उनले भने ।

एमालेले गरेको आन्दोलन,एमालेले लिएको निति, कार्यक्रम र चुनावि घोषणपत्र जनताको हित,सहिद हरुको त्याग, वलिदान र आम नागरिकको अपेक्षामा केन्द्रित रहेको उनले बताए । देश र जनताको सेवा गर्ने बाहेक नेकपा एमालेको अर्को कुनै लक्ष्य र उदेश्य नभएको उनले बताए । जनताको जीवनस्तर परिवर्तन गर्न सबैभन्दा पहिले मुलुकको राजनैतिक ब्यवस्था परिवर्तन गर्नुपर्ने उनले बताए । नेपालको राजनीति अहिले मदन भण्डारीको जनताको बहुदलीय जनवादको आवधारणामा चलिरहेको उनले बताए ।

साथै, राष्ट्रपतिका लागि एमालेको उम्मेदवार सबैभन्दा योग्य भएको उनको दाबी छ । राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित रहेको उनले बताए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको सबैभन्दा अस्थिर नेता भएको उनको आरोप छ । प्रचण्डले गत पुष १० को सहमति कार्यान्वयन नगरेका कारण अहिलेको सत्ता गठबन्धन टुटेको उनको दाबी छ ।

अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको उनको भनाई छ । अब एमालेले संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्