Logo

राष्ट्रपति निर्वाचन : ८ दलका मतदाताहरुलाई भोलि ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनका दलहरुले राष्ट्रपति निर्वाचनका लागि आफ्ना मतदाताहरुलाई भोलि(बुधबार) काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसद्‍हरुलाई भोलि बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको हो।

रामचन्द्र पौडेललाई निर्वाचित गराउन शत प्रतिशत मत खसाल्न पहल गर्ने निर्णय पनि गरेको छ।

यस्तै, बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय पनि गरेको छ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस्