Logo

महिलालाई ५० प्रतिशत कोटा दिनुपर्छ : उपाध्यक्ष अर्याल



काठमाडौं, २३ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलालाई ५० प्रतिशत कोटा दिनुपर्ने बताएकी छिन्। मंगलबार राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्यालले महिलालाई ५० प्रतिशत कोटा दिनुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ। धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सिमित हुने। हामी ५० प्रतिशतमै जानुपर्छ। समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ। गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपर्‍यो।’



प्रतिक्रिया दिनुहोस्