काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा विश्वविद्धालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्। मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मुस्ताङमा विश्वविद्धालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका हुन्।
उनले भने, ‘मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले कहींकतै स्वीकृति दिएको स्थिति होइन।’